३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhu 3– विजय थापा

वाशिंगटन डिसी । अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधुसुदन पन्थी उक्त नगरपालिकाको लागि योजना आयुक्तमा नियुक्त भएका छन् ।

नव नियुक्त योजना आयुक्त पन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख नियुक्त गरेका हुन् ।

पन्थीले गत मे ४ तारिख आधिकारिक रुपमा सपथ ग्रहण लिएका छन् । टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका छन् । उनी यस पदमा पुग्ने पहिलो नेपाली मूलका बन्ने अवसर पाएका छन् ।

नेपाली मूलका मानिस यति ठूलो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको विषय भएको उनले प्रतिक्रिया दिएका छन् ।

पत्नी, १ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक देखि भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन् । हेमार्केटको जनसख्या २०१४ अनुसार २ हजार जति रहेको छ भने सन् २०१० को जनगणना अनुसार करिब ६ सय घर तथा ५ सय जति परिवार रहेको आंकडाले देखाएको छ । उनको क्षेत्रमा करिब ११ प्रतिसत एसियन मुलका रहेका छन् ।

झन्डै १५ वर्ष अगाडि अमेरिका परिवारका साथ आईपुगेका पन्थी अर्घाखाची गाबिस चिदिका ९, मधुखेल गाउँका हुन् ।

२०४४ सालमा काठमाडौं आई बिश्व निकेतन उच्च माध्यमिकबाट १० कक्षा उत्रिण गरेपछि २ वर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे । पन्थी सानै उमेरदेखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आएपछि पनि त्यो मोह त्यागेनन् ।

फलस्वरूप उनको लगन, मेहनत, दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको कारण डिसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा चिट्ठा (डिभी)भरेको उनलाई सम्झना छ । चिट्ठा परेपछि उनी अमेरिका आउन पाइएकोमा दंग छन । उनी निकै क्रियाशील रहने हुँदा हे मार्केट दिवसमा उनको बिशेष योगदान रहने उनले बताए ।

गत वर्ष नेपालमा गएको भूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका रहेको तथा नगर प्रमुख डेविडसंग निरन्तर सम्पर्कमा रहेकोले उनको कामबाट प्रभावित भै उनलाई यो पदमा नियुक्त गरेको हो ।

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हे मार्केटमा बस्दै आएका पन्थी लामो समय देखि डिसी महानगर क्षेत्रमा छन् ।

डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनी छैनन् । केवल समाज सेवाको लागि निस्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।