३० आश्विन २०८३, शुक्रबार

क्यानाडाबाट ट्रकर एसोसिएसनले गुल्मीका अग्नि पीडितलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi Ma Aago– रबिन्द्र फुयाल

क्यानाडा । गत वैशाख १९ गते नेपालस्थित गुल्मीको दजकोट गाविसमा भीषण आगलागी हुँदा स्थानीयको घरगोठ र गाईबस्तु जलेकोमा दुःख व्यक्ति क्यानडामा बसोबास गर्ने नेपालीहरूले सहयोग गर्ने जनाएका छन् ।

क्यानडामा बसोबास गर्ने नेपालीहरूले गुल्मीका अग्नि पीडितहरूलाई सहयोगका लागि अपील गरेका छन् ।

यसैक्रममा क्यानाडास्तिथ नेपाली क्यानेडियन ट्रकर एसोसिएसनले पनि गुल्मीका अग्नि पीडितलाई सहयोग गर्ने जनाएको छ ।

गुल्मी आपचौर स्थायी घर भएका भुवन खरेलको संयोजकत्वमा रहेको नेपाली क्यानेडियन ट्रकर एसोसिएसनले पीडितलाई सहयोग गर्ने तयारी गरेको हो ।

सो समितिले तत्काल राहात स्वरुप केही रकम र लत्ताकपडा आदि जुटाई रहेको सामाग्री सेवा संचार गुल्मीकी अध्यक्ष गंगा खड्कालाई हस्तान्तरण गरिनेछ ।