बिहानको त्यो शिर्शिरे हावामा मन्दता खोज्ने, त्यसैमा रम्ने र चंचल हुने वानीले गर्दा म मा थप उत्साह, उमंग छाएको थियो । हरेक परिस्थिती सहज लाग्ने गर्दथ्यो । सकारात्मक सोच, त्यो कलिलो मानसपटलको विचमा रमेको जिन्दगी साच्चै प्रफुल्ल वनेको थियो ।
अगाडिपट्टि चुच्चो निक्लेको टुप्पोलाई टाउको पछाडी फर्काएर, लगाएको सर्टकोे भएको सवै टाँक खोलेर सर्टको तल्तिरकोको भाग वाधेर झिल्के अवस्थामा गुज्रिएको थियो ।
समयको त्यो सन्दर्भमा त्यहि सोच र वातावरण एक अर्कामा लिप्त थिए, लाग्दथ्यो, जे गरेता पनि सुहाउँदो थियो । त्यो सुशुप्त मानसपटल जहाँ धेरै सपना, कल्पना र नविनतम् सोचहरुले वास गरेको थियो । समयको त्यो उथुलपुथुलता भएता पनि उमेरको त्यो न्युनता नै मलिन वनेको थियो ।
त्यसैले समयको मुल्य मान्यता र महत्वले त्यति धेरै प्राथमिकता पाउन सकेन । अभाव र गरिव पृष्ठभुमिमा जन्मेको भएता पनि पारिवारिक माया , मोह भने असोचनिय थियो । पारिवारिक मायाले छपक्कै छोपेको थियो ।
छोरा र छोरी वीचको त्यो विभेद परिवारमा पनि स्पष्ट देखिन्थ्यो । गुच्चा, डण्डिवियो, झण्डिवुर्जा, ढयाक खेल्ने, त्यो समयमा त्यसको प्रभावले दिमागमा जरा गाडेको थियो ।
कम मानविय वस्तीमा रहेको त्यो समय, प्रदुषण र कोलाहल मुक्त त्यो वातावरण साच्चै सरस वनेको थियो । घर नजिकै केहि पर वस्तीमा खेल्न जाने दैनिकीको वीचमा पुरानो साईकलको त्यो आगमनले ह्दय झन झन गद्गद् भयो । त्यसपछि त के नै चाहियो र न दिनको भोक, न रातको चैन ।
खुव चलाईयो साईकल । वढो रहरका साथ खरिद गरिएको त्यो साईकलले झन मन मस्तिष्कमा चंचलता थपिदियो । त्यहि साईकलको खुशीले केहि वर्षहरु वित्न थप सहज भुमिकाको सिर्जना गरिदियो ।
अनुहारमा सधै नैराश्यता, निचोरेको कागतीजस्तो । गला पनि मुजा परेर अव नतानिने अवस्था । सपना, कल्पना र सोचले विर्को वन्द गरि अव नखुल्ने अवस्थामा । त्यो चिसो स्याँठले आज गिज्याइृरहेको ।
थकित र गलित सोचले जरा गाडेको छ । नविन सोच विलाएर गएको छ । उमेरको त्यो फरकपनामा देखिएको गतिले सोच्न वाध्य पारेको छ । हैन, यो टेवलमा कसले वनायो हँ, पानको पात, वहाँको भनाई भुईमा खस्न नपाउदै भनिदिए, आफनो पाला विर्सनुभयो ? कस्तो हुनुहुन्थयो ? भर्खर १७ वर्षको उमेरमा टेक्दै गरेको युवालाई साथ दिदै भने ।
उ हाँस्यो, मुर्मिरदै सोध्ने व्यक्तिले भन्यो, भो भो हामी त थिएनौ है यस्तो त । अफिसको काम सकिने वित्तिकै वाहिर घुम्न निस्कने, उसमा आएको त्यो चंचलता, सोच र उसको हाउभाउ देख्दा लाग्दथ्यो, यो साच्चै केहि हुन्छ होला, त्यो मेरो एकांकी सोच थियो । यथार्थमा त्यस्तो थिएन, किनकि त्यो सवै समय र वातावरणको प्रभाव थियो केवल आत्मरति मात्र थियो ।
सपना र कल्पना गर्ने लोर्के आज मस्तिष्कमा ढकनी लागेको छ । सपना र कल्पना को त्यो सागरमा ढुसी लागेको छ । कोही पनि समयको दासी हो, यो कमैले मात्र सोच्दछन् , जसलाई यो कुराको हेक्का हुन्छ, त्यो सधै दुखी हुन्छ । धेरैलाई यसको जानकारी नै हुदैन । कमैलाई हेक्का हुने यो विषय सोच्दा र वुझदा सम्म समयले नेटो काटिसकेको हुनेछ ।
जुन सवैमा आउने गर्दथ्यो । गुन्गुनाउने, एकान्तमा पाएमा तस्विर लिईहाल्ने, त्यो पनि मुख चुचो, चाचो पारेर । समयको मागले दिएको त्यो अवसरलाई उसले मजाले उपयोग गरिरहेको छ ।
जिन्दगी एकातिर भएता पनि रहर सोच, अर्कोतिर । हिजो ढयाक खेल्ने युवा आज सेल्पि हानिरहेको छ । हिजो डण्डिवियो हुत्तयाउने युवा आज ईन्टरनेटमा सर्च गरिरहेको छ । मनमा लागेको कुरा लेखिरहेको छ । जीवनलाई नजिक वाट वुझन खोज्नेहरुको लागि जीन्दगी केवल दुखको सागर मात्र रहेछ भन्ने कुराको अनुभुति भएको छ ।
जीन्दगी नै वुझन नखोज्नेहरुका लागि भौतिक दुख भएता पनि सहज र सुुखद नित्कर्म रहेछ भन्ने कुराले यो उमेर सम्म आईपुग्दा सम्म यो परिपक्क भई सकेको मानसपटलमा अजर र अमर वनेर जरा गाडेर वसेको छ । अँ खेल्दै हिड्, पैतिस लागेपछि थाहा हुन्छ, मेरो कुरा भुईमा खस्न नपाउदै उसले भन्यो, म त पैतिस लाग्न विस वर्ष वाकी छ, त्यति खेरा सम्म त हल्लिखल्ली । उसको त्यो जवाफले सोच्न वाध्य वनायो । त्यहि समय जुन समयमा हामी थियौ, कसले सोचेको थियो र अहिलेको अवस्था सृजना होला भनेर ।
जीन्दगीको मुल्य, मान्यता र अर्थ खोज्दै जाँदा देखिने धाराप्रवाह गतिविधीले जीवनमा दुखी वन्न भन्दा हाँस्न सिकाएन । केहि गर्ने भावनको विकासलाई निरन्तरता दिदाँ आएको यो आरोह अवरोह भने अविश्मरणीय वन्ने रहेछ । हिजोको त्यो सोच, रहर, कल्पना, सपना आज निश्चित विन्दुमा गएर अड्किएको छ । समय र सोचले भन्दै छ ।
प्रकृति र सृष्टिको निरन्तरतालाई जसले चुनौती दिने दुश्प्रयास गर्दछ, त्यो केवल शारिरिक र मानसिक रुपमा दुखी मात्र वन्दछ । सृष्टिको निरन्तरता भन्दा पृथक हुन खोज्नु भनेको असम्भव मात्र होईन । असोचनिय पनि हुन्छ । हिजो उल्टो टोपी लगाएर झिल्के भएर हिड्ने केटो आज कपाल झरेर मुडुलो वनेको छ ।
हिजो ठुलो ठुलो सपना र कल्पना गर्ने लोर्के आज मस्तिष्कमा ढकनी लागेको छ । सपना र कल्पना को त्यो सागरमा ढुसी लागेको छ । कोही पनि समयको दासी हो, यो कमैले मात्र सोच्दछन् , जसलाई यो कुराको हेक्का हुन्छ, त्यो सधै दुखी हुन्छ । धेरैलाई यसको जानकारी नै हुदैन । कमैलाई हेक्का हुने यो विषय सोच्दा र वुझदा सम्म समयले नेटो काटिसकेको हुनेछ ।
हिजोको त्यो सोचाई समयको अन्तराल सँगै विलिन हुनु र सृष्टिको परिवन्धमा आफुलाई हिड्न वाध्य वनाउनु नै समयको खेल हो । जुन यो भन्दा वाहिर जान खोज्दछ, त्यो यो संसारमा नरहन पनि सक्दछ, अथवा भुमिका विहिन हुदोरहेछ । हिजोको त्यो शुशिल, कुकिल आवाज आज झर्झराहट र रुखो वनेको छ । हिजोको त्यो सवैको प्यारो कुकुर आजको आँखाको कसिंगर वनेको छ ।















प्रतिक्रिया