काठमाडौं, २३ वैशाख । एकीकृत माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू नआएपछि मन्त्रिपरिषदको बैठक अचानक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बेलुका छ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । मन्त्रिपरिषदको बैठक अब बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
स्रोतका अनुसार एमाओवादीका मन्त्रीहरूले क्याबिनेटमा सहभागी नहुने खबर पठाएपछि बैठक प्रभावित भएको हो ।
प्रधानमन्त्रीले आह्वान गरेको क्याबिनेटमा जाने कि नजाने भनेर अन्यौलमा परेका एमाओवादीका मन्त्रीहरूले मन्त्री क्वाटरमा आन्तरिक छलफल गरेका थिए । छलफलपछि पार्टी निर्देशन नआउँदासम्म मन्त्रिपरिषदमा नजाने निर्णय लिएपछि बैठक बेलुका छ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको मन्त्रिपरिषदबाट प्रधानमन्त्री ओलीले ‘बोल्ड’ निर्णय गर्ने तयारी गर्नुभएको छ । उहाँले सरकार गिराउन भएका खेलविरुद्ध ‘बोल्ड’ निर्णयको तयारी गरेको स्रोतको दाबी छ । तर, प्रधानमन्त्रीले कस्तो ‘बोल्ड’ निणर्णय गर्नु हुने हो सो विषयमा केही बताइएको छैन ।












प्रतिक्रिया