२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीको यसरी आउँदैछ ‘बोल्ड’ निर्णय, कांग्रेस–एमाओवादी चकित पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prime Minister of Nepal addressed the nationकाठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

सिंहदरबारमा अहिले केही समयपछि सुरू हुने बैठकमा बदलिएको राजनीतिक घटना क्रमका विषयमा छलफल हुनेछ । बैठकमा अबको परिस्थितिलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

बैठकमा एमाओवादी पार्टीका तर्फबाट सहभागी मन्त्री आउने हुन् वा होइनन् त्यस विषयमा केही बताइएको छैन । तर, एमाओवादी स्रोतका अनुसार मन्त्रीहरू आजको बैठकमा सहभागी भएर कुरा राख्ने छन् ।

एमाओवादीले कांग्रेसको समर्थनमा सरकार छाड्ने तयारी गरेपछि राजनीति एकाएक तातिएको छ ।

मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री ओलीले पछिल्लो विकसित राजनीतिका विषयमा ‘बोल्ड’ निर्णय गर्ने स्रोतको भनाइ छ । ‘बोल्ड’ निर्णयका विषयमा केही नबताइए पनि ओलीको निर्णयबाट सबै चकित पर्नेछन् ।