
काठमाडौं, २३ वैशाख । सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा छलफल गर्न एकीकृत माओवादीका नेताहरूको बैठक बसिरहेको छ ।
राजधानीमा एकाबिहानैदेखि जारी बैठकमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ’, स्रोतले भन्यो, ‘सम्भवत सरकारलाई दिएको समर्थन फिर्ता गर्ने छौँ ।’
बजेट ल्याउन दिन एमालेले गरेको प्रस्ताव र त्यसपछि सरकारको नेतृतव एमाओवादीलाई दिने भन्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा पनि छलफल हुनेछ ।
बुधबारदेखि तातिएको राजनीतिक मियो एमाओवादीको निर्णयमा गएर अड्किएको छ । एमाओवादीको निर्णयलाई सबैले हेरेका छन् ।












प्रतिक्रिया