१ कार्तिक २०८३, शनिबार

किन ढाल्न लागियो ओली सरकार ? यसो भन्छन् प्रधानमन्त्रीका सल्लाहकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Dahal-1

काठमाडौं, २२ वैशाख । वर्तमान सरकाबाट एमाओवादीले समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेलगत्तै सरकार परिवर्तनबारे चर्चा सुरु भएको छ ।

राष्ट्र र राष्ट्रियताका पक्षमा शिर नझुकाएर काम गरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारको साथ छाड्ने निर्णय अचानक एमाओवादी किन गर्यो भन्ने प्रश्नहरु पनि उठिरहेका छन् ।

यसबारेमा धेरैले आ-आफ्नो धारणा राखेका छन् । कसैले ‘भारतीय डिजाइन’ त कसैले ‘चीनको सम्झौता कार्यान्वयन हुन नदिने खेल’ भनेका छन् ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारीहरु विदेशीको योजनामा ओली सरकार ढाल्ने खेलमा लागेको टिप्पणी गरेका छन् । एमाओवादी तर्फ लक्षित गर्दै दहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छने– ‘राष्ट्रवादको खोल ओढेका कथित क्रान्तिकारीहरु विदेशीको योजनामा कसरी पर्दा रहेछन् भन्ने कुरा अब छर्लङ्ग भएको छ ।’

चीनसँगको ऐतिहासिक र दीर्घकालिन व्यापार सम्झौताको कार्यान्वयन हुन नदिन सरकार ढाल्ने खेल सुरु भएको उल्लेख गर्दै दाहालले देशलाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्न सरकार गिराउने खेल सुरु भएको समेत आरोप लगाए ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानलाई दरिलो बनाउँदै उत्तरी छिमेकी चीनसँग गरेको ऐतिहासिक एवम् दीर्घकालीन महत्वको व्यापारिक सम्झौताको कार्यान्वयन हुन नदिई नेपाललाई आत्मनिर्भरताको बाटोमा अघि बढ्नबाट रोक्ने योजना अन्तर्गत सरकार ढाल्ने खेल भएकोमा दुई मत छैन,’ दाहालले लेखेका छन् ।

अहिलेको सरकार परिवर्तनको खेल धेरै दाऊ मध्येको एउटा दाऊ भएको बताउँदै सल्लाहकार दाहालले एमाओवादीप्रति लक्षित गर्दै लेखेका छन– ‘अपराधकर्मबाट आएकाहरु जहिले पनि आफूलाई असुरक्षित महसुस गरिरहेका हुन्छन् । त्यसैले उनीहरु अनेक नाजायज सम्बन्ध गाँसेर आफूलाई सुरक्षित राखिरहने प्रपञ्च गरिहन्छन् ।’

Promod-Dahal Promod-Dahal-1