
काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ ।
सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख साझेदार दल एमाओवादीको उपस्थिती विना बसेको बैठकले आफ्नो निर्णयमा पुनर्विचार गर्न एमाओवादीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वर्तमान सरकार, सत्ता गठबन्धनलाई एकताबद्ध राख्दै एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकमा एमाओवादी बाहेक सत्ता गठबन्धनका सबै दलहरुको सहभागिता रहेको थियो ।
बुधबार विहान एमाओवादीले वर्तमान सरकार छाडेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले साँझ बालुवाटारमा सत्तारुढ गठबन्धको बैठक बोलाएका थिए ।
गठबन्धनका संयोजक प्रचण्ड भने बैठकमा सहभागी भएनन् ।












प्रतिक्रिया