२५ कार्तिक २०८३, बुधबार

एमाओवादीले साथ छाड्दैमा ओली सरकार नढल्ने, संविधानले रोक्यो (प्रमाणसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, २२ वैशाख । नेकपा एमाले नेतृत्वको वर्तमान सरकार ढालेर एमाओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि अबको विकल्पबारे खोजी सुरु भएको छ ।

यसक्रममा केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने एउटा संवैधानिक व्यवस्था भेटिएको छ । यो व्यवस्थाअनुसार प्रमुख सत्ता साझेदार दल एमाओवादीले समर्थन फिर्ता लिएपनि सरकार ढल्न सक्दैन् ।

संविधानको धारा ७ को उपधारा (५) अनुसार बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्न सक्ने संवैधानिक व्यवस्था छ ।

यो व्यवस्थालाई प्रयोग गर्न एमाले अहिले छलफलमा जुटेको छ । आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् । उक्त भेटमा यो संवैधानिक व्यवस्थाबारे पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार एमाले कुनै हालतमा एमाओवादीलाई सरकारको नेतृत्व नदिने र यही संवैधानिक व्यवस्था प्रयोग गरेर अगाडि बढ्ने निष्कर्षमा पुगिसकेको छ ।

बुधबार (आज) विहान लाजिम्पाटमा बसेको एमाओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।

हेर्नुस् प्रमाणः

olioli-1