२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीले बोलाएको बैठकमा एमाओवादी नेताहरु आएनन्, लाजिम्पाटमा अर्काे बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको सत्तारुढ दलको बैठकमा प्रमुख साझेदार दल एमाओवादी उपस्थित भएको छैन् ।

साँझ ६ बजेका लागि बोलाइएको बैठक एमाओवादीका नेताहरु नआएपछि झण्डै ४५ मिनेटपछि सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

उनका अनुसार ४५ मिनेटसम्म प्रधानमन्त्रीले एमाओवादीलाई पर्खेका थिए । तर, एमाओवादीबाट कोही नेता नआएपछि बैठक सुरु गरी गठबन्धनका अन्य दलहरुसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको र सरकारको चावी एमाओवादीलाई बुझाउने कि सदन विघठन गरेर चुनाव घोषणा गर्ने भन्ने विषयमा बालुवाटारमा छलफल भइरहेको छ ।

लाजिम्पाटमा एमाओवादीको बैठकः

Pracjanda-Lazimpat

आज विहानै वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एमाओवादी स्थायी समिति बैठक प्रचण्ड निवास लाजिम्पाटमा अहिले नै बसिरहेको छ । यो बैठकमा पनि सरकार परिवर्तन र नयाँ सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।