काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक आह्वान गरेका छन् ।
साँझ ६ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी प्रम ओली सरकारलाई समर्थन गरेका दलहरुको बैठक बोलाएको प्रधानमन्त्री प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकार परिवर्तन, प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादीको निर्णय र वर्तमान सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
यसअघि आजै विहान वर्तमान सरकार परिवर्तन गरी प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।













प्रतिक्रिया