काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एक महिना लामो नयाँदिल्ली बसाइपछि आज स्वदेश फिर्ता हुनुभएको छ ।
कांग्रेस नेता खड्का दिउँसो साढे दुई बजेतिर काठमाडौं आइपुग्नु भएको हो । मृगौला रोगबाट पीडित नेता खड्का नयाँदिल्लीमा उपचारका लागि जानुभएको निजी सचिवालयले जनाएको छ ।
भारतमा रहँदा उच्च राजनीतिक भेटवार्ता गर्नुभएका नेता खड्कालाई काठमाडौंको त्रिभुवन विमानस्थलमा समर्थकले स्वागत गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार परिवर्तनको चरण र एमाओवादीले प्रचण्डको नेतृत्वमा नयाँ सरकार निमार्णको प्रक्रिया सुरु गरेका बेला खड्का स्वदेश फर्किनुलाई महत्वका साथ हेरिएको छ ।













प्रतिक्रिया