२५ कार्तिक २०८३, बुधबार

एमाओवादीको सरकार छाड्ने निर्णयपछि देउवा कस्सिए, मधेसका एक-एक नेता बोलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Congresss

काठमाडौं, २२ वैशाख । एमाओवादीले एमाले नेतृत्वको सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन् ।

प्रचण्डको नेतृत्व स्वीकारेका देउवाले अबको नयाँ सरकारलाई सबै दलको सहभागितामा बोलियो सरकार बनाउन गृहकार्य सुरु गरेका हुन् । यसैक्रममा उनले मधेसवादी दलका एक–एक नेतालाई ससद भवन नयाँ वानेश्वरमा बोलाएका छन् ।

कांग्रेसको संसदीय दलका नेता समेत रहेका देउवाले व्यवस्थापिका–संसदमा रहेका मधेशवादी दलका शीर्ष नेताहरुसँगको बैठक आज दिउँसो २ बजे बोलाएको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठनको बारे छलफल हुने र मधेसवादी दलको अधिकतम सहभागिता रहने बताइएको छ । कांग्रेसकै समर्थनमा प्रचण्ड अबको केही दिनमा देशको नयाँ प्रधानमन्त्री बन्दैछन् ।