१७ कार्तिक २०८३, मंगलबार

म्याङलुङमा आगलागी, खड्काको घर ध्वस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aago fireतेह्रथुम, २२ वैशाख । तेह्रथुमको म्याङलुङ नगरपालिका ७ जिरिखिम्ती बजारमा विद्युत सट हुँदा एक घरमा आगलागी भएको छ ।

स्थानीय दुर्गाबहादुर खड्काको तीन तले घरको माथिल्लो तलामा रहेको भान्साबाट गएराति विद्युत लाईन सर्ट भई आगलागी सुरु भएको थियो ।

आगलागीबाट खड्काको घरमा रहेका सामानहरु जल्दा अन्दाजी तीन लाख बराबरको क्षति भएको बताइएको छ ।

आगलागी स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली मिलेर वारुणयन्त्रको सहयोगमा मध्यरातमा नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।