काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेकपा (एमाले)ले सरकार परिवतर्नका विषयमा विपक्षी दल कांग्रेस र एकीकृत माओवादीबीच भएको छलफलका विषयामा परामर्श गर्ने भएको छ ।
सरकार गिराउन कांग्रेस र एमाओवादीबीच भएको कुराकानीका विषयमा छलफल गर्न एमालेले आफ्नो स्थायी समितिको बैठक बोलाएको छ । अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा सरकारको विषयमा छलफल केन्द्रित हुनेछ ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकार गिराउने विषयमा भइरहेका प्रयासहरूका विषयमा छलफल हुने जानकारी दिनुभयो । ‘स्थायी समितिमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने भनेर पनि कुरा आइरहेका छन् । त्यसलाई कसरी सामना गर्ने भनेर कुराकानी हुनेछ ।’
विपक्षी दल नेपाली कांग्रेसले एमाले नेतृत्वको सरकार ढाल्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ ।
प्रधानमन्त्रीमा प्रस्ताव आएपछि दाहालले एमाले नेताहरूसँग ‘यस विषयमा तपाईहरूको धारणा के छ ?’ भनेर सोध्नुभएको थियो ।












प्रतिक्रिया