काठमाडौं, २२ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज बिहान गोरखा जिल्लाका भूकम्प प्रभावित दुर्गम बस्तीहरुमा जानुहुने भएको छ ।
गोरखाका दुर्गम गुम्दा, लाप्राक, बारपाक, मुच्चोक लगायतका बस्तीहरुमा राहत र विभिन्न भौतिक संचरनाहरुको शिलान्यासका लागि त्यस तर्फ जान लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अध्यक्षले आज बिहान १० बजे गुम्दामा भूकम्पपीडितहरुका लागि राहत रकम वितरण गर्नु हुनेछ । ११ बजे लाप्राकमा खानेपानीको शिलान्यास गर्नुहुने कार्यक्रम छ ।
त्यसैगरी अध्यक्ष मध्यान्ह १२ बजे बारपाकको सामुदायिक भवनको उद्घाटन, २ बजे सौरपानी र मुच्चोकमा राहत वितरण गरी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया