१७ कार्तिक २०८३, मंगलबार

मोरङमा एमाले प्रबेशको लहर, कांग्रेस संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– सुमन घिमिरे
मधुमल्ला, २१ बैशाख । मोरङको मधुमल्लामा मंगलबार आयोजित प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दुई सय बढी नेकपा एमालेमा प्रबेश गरेका छन् ।

नेकपा एमाले मोरङको मधुमल्ला गाउँ कमिटिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, एकिकृत माओवादी लगायतका पार्टी परित्याग गरी उनीहरु एमालेमा प्रबेश गरेका हुन् ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेकी केन्द्रय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, अतिथीहरु एमाले मोरङका अध्यक्ष महेश रेग्मी, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य घनश्याम खतिवडा, डिल्ली अधिकारी लगायतले अबिर लगाएर एमालेमा प्रबेश गराउनु भएको थियो ।

कार्यक्रममा एकिकृत माओवादीका इलाका सचिव गोपाल पराजुली, क्षेत्रिय सदस्य टेकबहादुर भण्डारी, नेपाली कांग्रेसका भवानी खड्का सहित बिभिन्न पार्टी परित्याग गरी करिब २ सय जना एमालेमा प्रबेश गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेतृ तुम्बाहाम्फले केही दल र समुह संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रमा लागेको बताउनु भएको थियो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले नेपाली जनताले गरेको आन्दोलन र संघर्षबाट प्राप्त अहिलेको संविधानलाई कार्यान्वयन हुन नदिने पक्षमा षड्यन्त्र भईरहेको बताउनु भएको हो । संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र स्वरुप नै अहिलेको सरकार ढाल्ने प्रयाश हुँदैछ उहाँले भन्नुभयो – यसका लागि सबै एमाले कार्यकर्ता र जनता सचेत हुन जरुरी छ ।

एमालेले नै अगुवाई गरेका कारण अहिलेको संविधान जारी भएको दाबी गर्दै उहाँले यसको कार्यान्वयनका लागि स्थानियस्तरमा समेत नेता तथा कार्यकर्ताहरुको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । नेपाल सरकारको इजरायली राजदुतमा समेत सिफारिस हुनु भएकी एमाले नेतृ तुम्बाहाम्फेले इजरायलमा नेपाली युवाहरुलाई कृषि तालिममा लैजाने गरिएको बताउदै त्यहाँ सिकिएको सिपलाई नेपालमा आएर प्रयोग गर्न सकेमा मात्र आत्मनिर्भर हुन सकिने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै एमाले मोरङका अध्यक्ष महेश रेग्मीले २०५१ सालमा एमाले नेतृत्वको सरकारले ल्याएको जस्तै अहिलेको केपी ओली नेतृत्वको सरकारले पनि लोकप्रिय कार्यक्रम ल्याउन लागेकाले कांग्रेस सरकार ढाल्न उद्यत रहेको आरोप लगाउनुभयो । कार्यक्रममा मधुमल्ला २ की ८८ वर्षिया बृद्धा मनमाया सापकोटालाई दोसल्ला ओढाएर सम्मान् समेत गरिएको थियो ।

कार्यक्रममा एमाले क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, जिल्ला सचिवालय सदस्य एवम् क्षेत्र नम्बर ९ का इन्चार्ज भूपाल जिमी, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य घनश्याम खतिवडा, डिल्ली अधिकारी लगायतले समेत मन्तव्य राख्नु भएको थियो । एमाले मधुमल्ला गाउँ कमिटिका अध्यक्ष बुद्धिलाल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव नविन कार्कीले सञ्चालन गर्नुभएको थियो ।