काठमाडौं, २१ वैशाख । एकीकृत नेकपा माओवादी मकवानपुरको गाउँ कमिटी अध्यक्ष अर्जुन गौतम राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले गौतमलाई खाँदा र टिका लगाएर स्वागत गरेका छन् । गौतम विगत लामो समयदेखि एमाओवादी गढि गाउँ किमिटी मकवानपुरको अध्यक्ष थिए ।
पार्टी प्रवेश गरेपछि गौतमले भने– आजबाट राप्रपा नेपाल प्रवेश गरे, कमल थापाको व्यक्तित्व, क्षमता र स्वच्छ छवि मेरो प्रवेशको कारण हो । राप्रपा नेपालमा बसेर इमान्दारितापूर्वक जनसेवामा लाग्नेछु । ३० औं वर्षको सम्बन्धलाई पुनर्स्थापित गर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।’
कार्यक्रममा अध्यक्ष थापाले गौतमलाई उचित जिम्मेवारी दिइने बताए । उनले हिन्दू राष्ट्रको एजेण्डा राप्रपा नेपालले कहिल्यै नछाडेको र उपलब्धी प्राप्त नहुँदासम्म बोकिरहने बताए ।
फोटोः राजाराम बर्ताैलाबाट ।













प्रतिक्रिया