१७ कार्तिक २०८३, मंगलबार

गुल्मीका अग्नि पीडितहरुको गाउँमा पुगे गृहमन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti-Basnet (1)

– अनिल खत्री
गुल्मी, २१ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत सोमबार गुल्मीको बडागाउँ १ को दजाकोट र वडा नम्वर २ को माझागाउँमा आगोेले जलेर नष्ट ७० भन्दा बढी घरहरुको अवलोकन गर्नु भएको छ ।

उहाँले सरकारले तत्कालका लागि सरकारले प्रति परिवार दुई वण्डलका दरले जस्ता पाता वितरण गर्ने र पीडित परिवारका सदस्यहरुलाई आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

Shakti-Basnet (4)

उपस्थित कर्मचारीहरुलाई निर्देशन दिँदै बस्नेतले राहत तथा पुनःनिर्माणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– पीडित जनताको जिवन स्तरमा सुधार आउँने कार्यक्रमहरु तत्काल सिफारिस गरेर पठाउनुस् सरकारले अवस्य सम्वोधन गर्नेछ । उहाँले पुनःनिर्माणका लागि सरकारले थप सहयोग के गर्न सक्छ त्यसका लागि आफुले मन्त्री परिषदमा कुरा राख्ने बताउनु भयो ।

एकीकृत नेकपा माओवादीका स्थाई कमिटी सदस्य समेत रहेका गृहमन्त्री बस्नेतले दजाकोट र माझागाउँमा सरकारले तत्काल लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सञ्चालन गर्ने लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यति ठूलो क्षति हुने गरी आगो लागी हुनुको मुख्य कारण पानीको अभाव भएको यहाँका जनप्रतिनिधी र पुर्व मन्त्रीहरुले पानीको समस्याकाबारे कुरा राखेपछि सरकारले तत्काल यहाँ लिफ्टीङ्ग सिस्टमबाट खानेपानी योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।’

Shakti-Basnet (2)

मन्त्री बस्नेतले बडागाउँ मुसिकोटका राजनैतिक दलहरुले प्रहरी चौकीको माग गरेपछि हाललाई अस्थाई प्रहरी चौकी राख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । उहाले भन्नुभयो ‘ति दुई गाविसको कहाँनिर राख्न उचित हुन्छ त्यसवारे छलफल गरेर मन्त्रालयमा पठाउनुस् स्थाई प्रहरी चौकी स्वीकृत गरिने छ, हाललाई अस्थाई प्रहरी चौकी राखी हाल्नुस् ।

‘जिल्लाका सर्वदलिय टोलीले गृह मन्त्री वस्नेत संग जिल्लाभरका अन्य अग्नी पिडितलाई पनि सरकारले सम्वोधन गर्न आग्रह गरे अनुरुप गृहमन्त्री बस्नेतले सवैलाई सोही अनुरुप सरकारले सम्वोधन गर्ने बताए । त्यस्तै उनिहरुले यहाँको विकास निर्माणमा पनि सरकारको ध्यानकृष्ट गराएका थिए ।

गृहमन्त्री बस्नेतले आफुले मन्त्री परिषदमा यहाँका समस्याहरुका वारेमा कुरा राख्ने बताउनु भयो । गृहमन्त्रीसंगै अवलोकनमा आएका नेकपा एमालेका सचिव तथा पुर्व मन्त्री प्रदिप ज्ञवालीले दजाकोट र माझगाउँका अग्नी पिडितहरुका लागि थप सहयोगका लागि सरकार संग कुरा राखेको र चाँडै क्याविनेटबाट निर्णय गराउने बताउनुभयो ।

अबलोकनका क्रममा नेता ज्ञवालीले आगोलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेकपा एमालेको तर्फबाट परिचालन हुने ४ सय स्वयसेवकले प्रभावित क्षेत्रमा एक हप्ता भित्र अस्थायी टहरा निर्माण हुने बताउनु भयो ।

आगोलागी प्रभावित क्षेत्रमा मंलवारबाट नेकपा एमाले र उसका भात्री संगठनका ५० सय स्वयसेबक परिचालन भएका छन् भने बुधवारबाट थप ३ सय ५० थपिने अनेरास्ववियुका केन्द्रिय निर्वाचन आयोगका सदस्य काशिराम पाण्डेले जानकारी दिनुभयो । त्यस्तै क्षेत्र नम्वर २ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डार सांंसद सिर्जना तरामुले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

Shakti-Basnet (3)

यस अघि प्रभावित क्षेत्रमा एमाले सचिव एबं सांसद गोकर्ण बिष्टले अबलोकन गरि अग्नि पिडितलाई अत्यबश्यक खाना पकाउँने र खाने भाडा सहयोग गर्नु भएको थियो भने प्रति परिवारलाई ४ वण्डल जस्ता पाता दिने बताउनु भएको थियो । शनिवार लागेको आगोलागीबाट वडागाँउको दजाकोट र माझगाउँमा ७० घर र थानपतिमा ६ घरगोठ जलेर नष्ट भएका थिए भने आगो निभाउँने क्रममा वडागाउँमा एक जनाले ज्यान समेत गुमाएका थिए ।

गुल्मीका बिभिन्न ठाउँमा आगो निभाउँने क्रममा ४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौ पशु चौपायहरु मरेका छन् । जिल्लाका बिभिन्न ८३ वटा सामुदायिक वनमा लागेको आगलागीबाट ४ हजार ६ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका वन अधिकृत बिशाल घिमिरेले जानकारी दिनुभयो । जिल्लामा ४ सय ४३ वटा सामुदायिक वन छन् भने १७ हजार ५ सय हेक्टर सामुदायिक वन रहेको वन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।