
– भोबिन्द्र शाह
बाजुरा, २१ वैशाख । बाजुराको सदरमुकाम मार्तडी सम्म बस सेवाको माग गर्दै संयुक्त बिद्यार्थी, युवा, र सर्वसाधारणको टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।
साफे मार्तडी सडक खण्ड वि.स. २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलान्यास गरेको भएपनि हालसम्म पनि साफे मार्तडी सम्मको ५७ किलोमिटर सडक कार्यको २१ बर्ष बितिसक्दा समेत सडक कार्य पुरा नभएको भन्दै हाल सम्म पनि सदरमुकाम मार्तडी सम्म सडक सेवा पुग्न नसकेको स्थानियले बताएका छन ।
जिल्लामा अहिले सम्म सडक बिभागको शाखा कार्यालय सम्म नहुनु र अछाम जिल्लाको साफेबाट बाजुराका लागी सडक बिभागले अनसमती नदिएको एमाले नेता दिपक रावतले बताएका छन ।
यातायात ब्यबसायिक समितीले सडक अनुमती नभए पनि जिल्लाको तीपाडा सम्म सुप, महाकाली, कर्णाली, पवनदुतले सेवा दिइरहेको सुप बस ब्यबसायिक समितीका अर्जुन नाथले जानकारी दिएका छन ।
हाल लामा कन्ट्रकसनले दोहोरो सडक काट्ने काम गरिरहेको र सडक सहज भएकाले सदरमुकाम मार्तडी सम्म बस सेवाको माग ज्ञापन पत्रमा उल्लेख गरेको छ । साथै जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भाडादर कायम जीप ब्यबसायिक र यातायात ब्यबसायीहरुले नमानी धुले सडकमा प्रतिकिलोमिटर १३ रुपैया भाडा असुल गरेकालेसो को बारेमा समेत प्रशासनको ध्यान जाओस भनी उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले यातायात ब्यबसायिहरुसंग छलफल गरी प्रक्रिया अगाडी बढाइने आश्वासन दिएको जीप ब्यबसायीक समीतिका प्रकाश रावलले बताए । ज्ञापन पत्रमा ३६ जनाले हस्ताक्षरगरेका छन ।












प्रतिक्रिया