२५ कार्तिक २०८३, बुधबार

आफ्ना सांसद समक्ष एमाओवादी अध्यक्ष दाहालले पनि ‘मुख खोले’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CMPrachanda_dal_meetingकाठमाडौं, २२ बैशाख । दोस्रो ठूलो सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेट अधिवेशन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र भूकम्पपीडितहरूलाई दिइने राहतलगायतका विषयमा आफ्ना सांसदहरूलाई जानकारी गराउनुभएको छ ।

सिंहदरबारमा आज लामो समयपछि बसेको संसदीय दलको बैठकमा अधयक्ष दाहालले बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुने बताउनु भयो ।

अध्यक्ष दाहालले पुनर्निर्माण, खडेरी, डढेलो लागेको क्षेत्रका सांसदहरूलाई सशक्त ढंगले सदनमा विषय राख्न निर्देशन पनि दिनुभयो । उहाँले जनताले भोग्नु परेका जल्दाबल्दा समस्याहरुका विषयमा सदनमा राख्न विशेष दिर्नेशन दिनुभएको छ ।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले देशको वर्तमान स्थितिको बारे प्रकाश पार्दै समग्र समस्या हल गर्न राष्ट्रिय सहमतिको अनिवार्य आवश्यकता भएको बताउनु भयो ।

शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने, पुनर्निर्माणको कामलाई तीबैताका साथ अगाडि बढाउने संविधानको कार्यान्वयन गर्ने, मधेसको आन्दोलनलाई छलफलद्वारा हल गर्ने, जनजीविकाका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनु भयो । यसको निम्ति राष्ट्रिय सहमतिको अनिवार्यता रहेको अध्यक्षको भनाई थियो ।