२५ कार्तिक २०८३, बुधबार

क्यानेडियन नागरिक पेनरलाई दुई दिनभित्र नेपाल छाड्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Robart_Penar-450x600

काठमाडौं, २१ वैशाख । सामाजिक सञ्जामार्फत सदभाव भड्काउने प्रयास गरेको भन्दै सोमबार पक्राउ परेका क्यानेडियन नागरिक रोवर्ट पेनरलाई दुई दिनभित्र नेपाल छाड्न अध्यागमन विभागले निर्देशन दिएको छ ।

वर्किङ भिसामा नेपाल आएका पेनरले समाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत नेपालको नयाँ संविधान, सार्वभौमिकता र नागरिकताबारे जथाभावी लेखेर सदभाव खल्बलाउन खोजेका थिए । उनले लगातार ट्वीटमार्फत लेख्न थालेपछि सोमबार प्रहरीले ललितपुरबाट पक्रेको थियो ।

यसैबीच अध्यागमन विभागले उनको भिसा रद्द गरिदिएको छ । ‘दुई दिनको समय नेपाल छाड्नका लागि दिइएको हो । फर्किएन भने जेल हाल्छौं’ गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भने ।