२५ कार्तिक २०८३, बुधबार

एमाले र एमाओवादीबीच यसरी भयो खटपट, सचिवले दिए चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barshaman Punकाठमाडौं, २१ वैशाख । एकीकृत माओवादीका सचिव वर्षामान पुनले प्रधानमन्त्री र सरकारले आफ्नो कार्यशैली तत्काल करेक्सन नगरे एमाओवादीले धेरै दिनसम्म सरकारलाई काँधमा राखेर हिड्न नसक्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई मुलुक संकटमा छ भन्ने आभाष नै छैन । एमाओवादीको स्थायी कमिटीसँग बसेर केपी ओलीले शान्ति प्रक्रिया पूरा गर्ने कमिटमेन्ट गर्नु भएको थियो । तर उहाँ संबेदनशील हुनु भएन ।’

‘सरकारले राम्रो काम गर्न सकेन भनेर चौतर्फी दवाव छ । यसलाई प्रधानमन्त्रीले करेक्सन गरेर नजाने हो भने सरकारलाई धेरै दिन काँधमा बोकेर हामी हिँड्न सक्दैनौ, यसको विकल्प खोज्छौँ’, एमाओवादी सचिव पुनले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘ सरकारको विकल्प खोज्ने आधिकारिक निर्णय गरेर हामी हिँडेका छैनौँ । सरकारलाई करेक्सन गराउने पक्षमा अहिले हामी छौँ । सरकारको विकल्प खोज्ने कुरा लुकाएर गर्ने कुरा होइन यो राजनीतिक विषय हो ।’