काठमाडौं, २० वैशाख । राजधानीमा एक पुरुषको वेवारिशे शव फेला परेको छ ।
वैशाख १० गते बिहान काठमाडौंको तार्केश्वर ९ पृथ्वीटोलस्थित कमेरे खोला किनारमा नाम थर वतन नखुलेको करिब ४५–५० वर्षको मंगोलियन जस्तो देखिने पुरुषको शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
यी पुरुषको दाँहिने आँखामाथि र घाँटीमा धारिलो हतियारले प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको र हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यी पुरुषको हुलिया नाम, थर, वतन खुल्न नसकेको, सेतोमा कालो धर्का भएको चेक सर्ट, निलो टिसर्ट र निलो जिन्स पाईन्ट लगाएको, उचाई ५ फिट २ ईन्चको मंगोलियन अनुहार रहेको छ ।
प्रहरीले यी पुरुषका सम्बन्धि परिवारलाई सम्पर्क गरि शव पहिचान गरिदिन अनुरोध पनि गरेको छ । महानगरीय प्रहरी अपराध महाशाख र महानगरीय प्रहरी वृत बालाजुमा सम्पर्क राख्न सकिनेछ ।












प्रतिक्रिया