१७ कार्तिक २०८३, मंगलबार

भार्सेमा घर-गोठ जल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thorga 1

– अनिल खत्री
गुल्मी, २१ वैशाख । गएराति गुल्मीको भार्सेमा एक व्यक्तिका चुलोबाट सल्कीएको आगोले घर र गोठ जलेर नष्ट भएको छ । भार्से गाविस वडा नम्वर १ को भैंसे गाउँका गंगाप्रसाद थापाको घर र दुई वटा गोठ जलेर नष्ट भएको थियो ।

विपन्न परिवारका थापा अहिले अर्कैको गोठमा शरण लिएर वसेको छिमेकी गाविसका उदयपुन जानकारी दिए । कुनै मानविय क्षति नभए पनि जिन्सी र भौतिक संरचना सहित १९ लाख भन्दा बढिको क्षति जोहाङ्ग प्रहरी चौकीले अनुमान गरेको बताईएको छ । गत शनिवार गुल्मीका वडागाउँ र थोर्गामा लागेको आगोलागीबाट झण्डै ८० घर जलेर नष्ट भएका थिए ।

गुल्मीका बिभिन्न ठाउँमा आगो निभाउँने क्रममा ४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौ पशु चौपायहरु मरेका छन् । जिल्लाका बिभिन्न ८३ वटा सामुदायिक वनमा लागेको आगलागीबाट ४ हजार ६ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका वन अधिकृत बिशाल घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा ४ सय ४३ वटा सामुदायिक वन छन् भने १७ हजार ५ सय हेक्टर सामुदायिक वन रहेको वन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।