काठमाडौं, २१ वैशाख । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीको संसदीय दलको बैठक जारी छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका कामकारवाही, मधेस आन्दोलन र सरकार परिवर्तनका विषयमा छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण महरा लगायत अन्य पदाधिकारीको सहभागिता छ ।












प्रतिक्रिया