काठमाडौं, २१ वैशाख । सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय अधिवेशनको बन्दसत्र सुरू भएको छ ।
विराटनगरमा सोमबारदेखि सुरू भएको बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश भएको फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।
‘पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावसहित बन्दसत्र सुरू भएको छ’, चौधरीले भन्नुभयो, ‘यस पटक फोरम लोकतान्त्रिकको नाम परिवर्तन गरेर राष्ट्रियस्तरको दल बनाउने तयारीमा छौं ।’
बन्दसत्र सक्किएपछि आजै निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ । नेता चौधरीका अनुसार प्रथम महाधिवेशनबाट ३८ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।












प्रतिक्रिया