३० आश्विन २०८३, शुक्रबार

न्यूर्योकमा नेपाल प्रर्दशनीको यसरी हुँदैछ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal exhibition 6– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको न्यूयोर्कमा गत मे १ तारिख नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वर्ल्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्टले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम न्यूयोर्क सेरोफेरोमा रहेका नेपाली व्यवसायी तथा पत्रकारहरूलाई नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको बारेमा जानकारी दिने मुख्य उद्देश्यले गरिएको थियो ।

कार्यक्रममा खादा फूल गुच्छा आदिबाट आतिथिलाई सम्मान नगरी आयोजकले ल्याएका नेपाली झन्डा १–१ थान हस्तान्तरण गरी कार्यक्रम सुरुवात गरिएको थियो ।

न्यूयोर्कमा आगामी मे २२ तारिखमा हुने नेपाल परेड दिवसको लागि १ सय ५० डलर आर्थिक सहयोगको साथै १ सय १० वटा नेपाली झन्डा वितरण गरियो ।

अमेरिकी खरिदकर्तालाई कसरि बढीभन्दा बढी उपस्थित गराउने भन्ने विषयमा नेपाल सरकारका महाबाणिज्य दूत नारायणप्रसाद मैनालीले आफ्नो धारणा तथा सुझाब दिनु भएको थियो ।

आगामी मे ११ र १२ तारिखमा वाशिंगटन डिसीमा सिनेटर तथा कांग्रेससंगको भेटघाटमा महत्वाकांक्षी मेलाको विषयमा जानकारी गराउने भएको छ ।

यसैगरी आगामी दिनमा वर्ल्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसी समूहले काठमाडौंस्थितअमेरिकन दूताबासमा समेत भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्द्धन गर्ने तथा नेपाल र अमेरिकाबीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म मेलाको आयोजना गरिनेछ ।

तीनदिने मेलामा नेपाल तथा विश्वभर रहेका ३ सय ५० भन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता हुने अनुमान गरिएको छ ।