२५ कार्तिक २०८३, बुधबार

कनकमणि दीक्षितलाई रिहा गर्न सर्वाेच्च अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanakmani-dixit

काठमाडौं, २० वैशाख । अख्तियारको नियन्त्रणमा रहेका पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

दीक्षित पत्नी शान्ताले अख्तियार, सरकारलाई विपक्षी बनाई सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा सोमबार सुनुवाइ गर्दै कायममुकायम न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दीक्षितलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दीक्षितलाई अख्तियारले छानबिनका लागि गत वैशाख १० गते घरबाटै पक्राउ गरेको थियो ।

१२ गते विशेष अदालतले पक्राउ गरेको मितिले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।