२५ कार्तिक २०८३, बुधबार

उत्तर कोरियामा विवाह गर्न रोक, अन्तिम संस्कार गर्न पनि नपाइने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kim-Jong-Un

काठमाडौं, २० वैशाख । विश्वकै नाकाबन्दीमा परेको उत्तर कोरियाले आफ्नो देशभित्र विवाह र अन्तिम संस्कार गर्न रोक लगाएको छ ।

उत्तर कोरियाका शासक किम जोंग उनको यही हप्ता हुन लागेको राज्यअभिषेकलाई लिएर त्यहाँको प्रशासनले विवाह र अन्तिम संस्कारमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय पर्वका रुपमा मनाइने राज्याभिषेक समारोहलाई लिएर एकहप्तासम्म उत्तर कोरियामा कुनै औपचारिक सभा, समारोह गर्न रोक लगाइएको हो । एकहप्तासम्म उत्तर कोरियामा विवाह गर्न र अन्तिम संस्कार गर्नसमेत रोक लगाएको छ ।

KIM-JONG-UN-1

चार वर्षदेखि उत्तर कोरियाको सत्ता सम्हालिरहेका किमले आफ्ना बाबुबाजेको पालादेखि चल्दै आएको राज्यअभिषेक मनाउने परम्परालाई निरन्तरता दिएका हुन् । यसअघि १९८० मा उनका बुवाको यसैगरी राज्यअभिषेक गरिएको थियो ।

२०११ मा बुवाको मृत्युपछि किमले उत्तर कोरियाको नेतृत्व सम्हालेका थिए । राज्यअभिषेकससँगै किम देशकै थप शक्तिशाली नेता बन्नेछन् ।