
काठमाडौं, २० वैशाख । पत्रकार रविन्द्र मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विधी र प्रक्रिया मिचेको बताएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा रहेका साँझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षित प्रकरणमा आफ्नो धारणा राख्दै भ्रष्टाचार विरोधी अभियन्ता मिश्रले विधी र कानुन प्रक्रियाको हरेक निकाय र नागरिकले सम्मान गर्नैपर्ने भन्दै अख्तियारले त्यसो नगरेको बताएका हुन् ।
यद्यपी उनले भ्रष्टाचारी बचाउनुपर्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारे । ‘म राजनीतिक र संबैधानिक खाकाले भन्दा पनि भ्रष्टाचारको महारोगका कारण यो देशले विकाश गर्न नसकेको हो, त्यसैकारणले गर्दा भ्रष्टाचार भयो भने अरुको त कुरै छोडिदिउँ, म लगायत मेरो आफ्नै परिवारका सदस्यलाई समेत बाँकी राखिनु हुन्न भन्नेमा दृढ विश्वास गर्ने व्यक्ति हुँ । तर विधी र कानुनी प्रक्रियाको हरेक निकाय र नागरिकले सम्मान गर्नैपर्छ ।’ उनले भनेका छन् ।
यस्तो छ पत्रकार रविन्द्र मिश्रको धारणाः













प्रतिक्रिया