
– कृष्ण महरा
काठमाडौं, २० वैशाख । रोजगारी र समृद्धिको माग गर्दै काठमाडौंको खुला मञ्चमा आमरण अनसन(भोग हड्ताल)मा भेटिए गोकुलेश्वर ५, दार्चुलाका ज्ञानदेव विष्ट । उनी संगै नेपाल भरीका १२ जना युवाहरु बैसाख १५ गते देखि नै आमरण अनसनमा बसिरहेका छन् ।
अनसन बस्ने युवाहरुमा अनुषा राई मोरङ, स्नातकोत्तर तह, दोस्रो सेमेष्टर(त्रि.वि.), जिविता आचार्य इलाम, स्नातकोत्तर तह दोस्रो सेमेष्टर(त्रि.वि), लक्ष्मी स्याङताङ मकवानपुर, स्नातकोत्तर तह, दोस्रो वर्ष(त्रि.वि), मञ्जु गौतम गुल्मी, प्लस टु पास, अजित झा धनुषा, स्नातकोत्तर तह, थेसिस(त्रि.वि.) दावा शेर्पा दोलखा, कम्प्युटर हाडवेयर इन्जिनियरिङ, निरज पुन जाजरकोट, स्नातकोत्तर तह (त्रि.वि.), भरत लामिछाने सुर्खेत, बि.बि.ए., महेश नेपाल काभ्रेपलाञ्चोक, स्नातकोत्तर तह, थेसिस लेख्दै(त्रिवि), रियाज पौडेल धादिङ, बि.बि.ए., ज्ञान देब विष्ट दार्चुला, स्नातकोत्तर तह, प्रथम वर्ष(महेन्द्र रत्न क्याम्पस), चन्द्र बहादुर थापा गुल्मी, बि.एल. रहेका छन् । अनसनको पाचौं दिनसम्म उनीहरुलाई हजारौँको संख्यामा युवा, विद्यार्थी, पत्रकार, पेसागत संघ संगठन, सामाजिक संस्था, शिक्षक, प्राध्यपक, बुद्धिजिबी, नागरिक समाज लगायत सबैले अनसन स्थलमै गएर ऐक्यबद्धता जनाईरहेका छन् ।
हामीहरु पनि खुलामञ्ज जाऔ र अनसनमा समर्थन र ऐक्यबद्धता जनाऔँ । उनीहरुका मागहरु पुरा गर्न सरकारलाई दबाब दिऔँ ।
सरकारसंग ६ बुदे माग राखी आमरण अनसन बसेका ती युवाहरुको माग
१) योग्यता, क्षमता, सीप र दक्षता अनुसारको रोजगारीको ग्यारेण्टी गर्नुपर्ने ।
२) रोजगार दिन नसके राज्यले प्रदान गरेको शैक्षिक योग्यता, क्षमता, सीप कलाको प्रमाणपत्रको मुल्यांकन गर्दै प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण प्रदान गरी स्वरोजगार हुने वातावरण तत्काल बनाउनु पर्ने ।
३) रोजगार वा स्वरोजगार गराउन नसकेका युवाहरुको हकमा परिचयपत्र सहित वाँच्न सक्ने गरी सामाजिक सुरक्षा भत्ता(बेरोजगार भत्ता) को व्यवस्था गर्नुपर्ने ।
४) राष्ट्रिय स्तरका खेलाडी र कलाकारको विशेष व्यवस्था हुनुपर्ने ।
५) बन्द हड्ताल, चक्काजाम र तालबन्दी गर्न प्रतिबन्ध लगाउने कानूनी व्यवस्था मार्फत उद्योग मैत्री र रोजगारमुलक व्यवस्था तत्काल गर्नुपर्ने ।
६) स्वदेशी बस्तुको प्रयोग गर्ने व्यवस्था तत्काल गर्नुपर्ने ।

















प्रतिक्रिया