२५ कार्तिक २०८३, बुधबार

नयाँ बानेश्वरमा कांग्रेसको संसदीय दल बैठक, सरकारी कामको समीक्षा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress Ka 3 Neta. Deuba, Poudel, Sitaulaकाठमाडौं, २० वैशाख । संसदको अधिवेशन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरमा अहिले केही समयपछि सुरु हुने बैठकमा भोलिदेखि सुरु हुन लागेको संसद बैठकका विषयमा छलफल हुनेछ । बैठकमा सरकारको कामकारबाही र भूकम्पपीडितका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

सरकारले काम गर्न नसकेको आरोप लगाउँदै आएको कांग्रेसले सरकारको कामको पनि समीक्षा गर्नेछ ।

संसद नियमावली बनाउने विषयमा एमाले र एमाओवादीले अड्चन थापेको आरोप लगाएको कांग्रेसले कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श गर्नेछ ।