काठमाडौं, १९ वैशाख । संसद नियमावलीमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले आज प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख घर्तीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गर्नुभएको हो । परामर्शका क्रममा संसद नियमावलीलाई छिटो टुङ्ग्याउने विषयमा सभामुख घर्तीले जोड दिनुभएको संसद सचिवालयले जनाएको छ ।
जवाफमा शीर्ष नेताहरुले पनि छिटोभन्दा छिटो आफूहरु नियमावली टुङ्ग्याउने विषयमा सचेत रहेको बताएका थिए । उनीहरुले आफूहरुले नियमावलीको बिबाद मिलाउन सहयोग गर्ने आश्वासन दिएका छन् ।













प्रतिक्रिया