नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले पहिलो पटक प्रचण्डको प्रशंसा गरेका छन् ।
आफ्नो आत्मकथामा प्रचण्डमाथि निकै चोटिलो प्रहार गरेका उनले आफ्नो एक टेलिभिजन अन्तर्वार्तामा पहिलो पटक प्रचण्ड महान भएको बताएका हुन् ।
प्रधानसेनापति हुँदा कटवालले प्रचण्डको प्रधानमन्त्री पद नै धरापमा पारिदिएका थिए । कटवालकै कारण प्रचण्डले राजीनामा दिनुपरेको थियो ।
कटवाल पछिका सेनापति छत्रमानसिंह गुरुङले आफ्नो आत्मकथामार्फत कटवालको पोल खोलेपछि उनी प्रचण्डको पक्षमा उभिएका हुन् ।
यद्यपी अन्तर्वार्तामा उनले आफूलाई हटाउने प्रचण्डको कदम गलत भएको तर, त्यो गल्ती नै भएको भनेर प्रचण्डले स्वीकारेकाले उनी महान भएको बताए ।
पूर्व सेनापति गुरुङले कटवालले आफ्नो पदावधि थप्न कटवाल शक्ति केन्द्र धाएको खुलासा ‘जनताको छोरो’ नामक पुस्तकबाट गरेका थिए ।
हेर्नुस् पुरा भिडियोः
भिडियो सौजन्यः एबिसी टेलिभिजन ।













प्रतिक्रिया