काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको महाधिवेशन मिति चाँडो भन्दा चाँडो तोक्न पदाधिकारीलाई दिर्शेन दिएका छन् ।
आइतबार नेविसंघका अध्यक्ष रञ्जीत कर्ण र सचिव ऋषिकेश जंग शाहलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवालले तत्काल महाधिवेशन मिति घोषणा गर्न निर्देशन दिएको नेविसंघका नेता जीतजंग बस्नेतले जानकारी दिए ।
कांग्रेसको भातृ संगठन नेविसंघको ८ वर्षदेखि महाधिवेशन हुन सकेको छैन् । त्यसक्रममा देउवाले नेविसंघका पदाधिकारीहरुसँग एक घण्टा छलफल समेत गरेका थिए ।













प्रतिक्रिया