अमेरिका । अमेरिकी नेपालीहरुको पुरानो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को उपाध्यक्षमा विजयराज भट्टराई नियुक्त भएका छन् ।
शुक्रबार बसेको एएनएको केन्द्रीय बैठकले हालका उपाध्यक्ष डा. शम्भु ढुंगानालाई बरिष्ठ उपाध्यक्षमा चयन गरी रिक्त उपाध्यक्ष पदमा भट्टराइलाई नियुक्त गरेको अमेरिकाबाट पत्रकार विजय थापाले बताए ।
११ वर्षदेखि टेक्सासको ड्यालसमा बस्दै आएका भट्टराई नेपाली समाज टेक्सासका निवर्तमान महासचिव समेत हुन् ।
सन १९८३ मा स्थापना भएको एएनए उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठूलो संस्था हो । यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
















प्रतिक्रिया