१७ कार्तिक २०८३, मंगलबार

गाउँमा एम्बुलेन्स गुडाउने लमजुङका युवाहरुको सपना साकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulance

लमजुङ, १९ वैशाख । विगत तीन वर्षदेखि मालिका लिटिल स्टार युवा क्लब लमजुङका युवाहरु एम्बुलेन्स खरिद गर्न चाहन्थे । तर, आज खरिदलाई चाहिने बाँकि रकम जुटेपछि उनीहरु निक्कै उत्साहित भएका छन् ।

नेटा, धुसेनी, बांग्रे घर भै राजधानी बस्दै आएका लमजुङ बासीहरुद्धारा आयोजित भेटघाट कार्यक्रमबीच थुपै्र दाताहरुले सहयोग गर्दा लगभग रु.३ लाख बढी रकम उठेको छ । उक्त गाविसहरु लगायत आसपासका गाविसहरुलाई एम्बुलेन्स अत्यावश्यक भएकाले पनि सो कार्य ज्यादै सराहनीय भएको तीन गाविसका सम्पर्क समिति काठमाडौंका सल्लाहकार जंग बहादुर हमालले बताए ।

कार्यक्रममा बोल्दै लमजुङ क्षेत्र नं २ का सभासद चन्द्र बहादुर कुँवरले किन्न सजिलो तर सेवा निरन्तरता कठिन भएकाले एम्बुलेन्स संचालानार्थ सक्दो सहयोग गर्र्ने वचन दिए ।

त्यस्तै तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डेले पनि एकतर्फी सवारीसाधन हुँदा स्वास्थ्योपचारमा निक्कै समस्या भैरहेकोमा अब अकालमा कसैले ज्यान गुमाउन नपर्ने आशा पलाएको बताए ।

अब एक हप्ताभित्र सबै रकम संकलन गरि बुकिङ गरिने र छिट्टै बृहत कार्यक्रम माझ एम्बुलेन्स उद्घाटन हुने क्लबका संयोजक सुबिन गुरुङले जानकारी दिए ।

कार्यक्रममा गणेश मावि नेटाका भुतपुर्व विद्यार्थीहरु, व्यबसायिहरु, सहकारीकर्मीहरु लगायतको सहभागिता थियो । भेटघाटले उक्त क्षेत्रको पवित्र स्थल मालिकादेविलाई धार्मीक पर्यटनको रुपमा चिनाउन आवश्यक कदम उठाउने पनि बताएको छ ।

नेटाको थान्सिङ डाँडामा अवस्थित देवि दर्शनमा जाने दर्शनार्थीका निम्ति पानिको अभाव भएकाले सर्वप्रथम सो व्यवस्था गर्न सबैले चासो पुर्याउन पर्नेमा उनीहरुले जोड दिएका छन् ।