१७ कार्तिक २०८३, मंगलबार

धनकुटामा चट्याङ् लागेर पाँच जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaविराटनगर, १९ वैशाख । धनकुटाको डाँडाबजारमा चट्याङ लाग्दा पाँच जना घाइते भएका छन् । चट्याङ्का कारण एक घरमा आगलागी समेत भएको छ ।

शनिबार राति चट्याङ लागेर डाडाँबजार ७ का २६ वर्षीया मोहन मगर, सोही ठाउँकी ५५ वर्षीया भरत कुमारी बजगाँइ, २६ वर्षीया शर्मिला लिम्बु, सोही उमेरकी कोपिला विश्वकर्मा र ६ वषिर्य अशिम विश्वकर्मा घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चट्याङका कारण स्थानीय टंक मगरको घरको विद्युत सर्ट भई उनको घरमा समेत आगलागी हुँदा फुसले बनेको एक तले घर तथा घरमा रहेको नौ सय वटा बोइलर कुखुरा जलेर मर्दा अन्दाजी चार लाख पचास हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

घाइते पाँचै जनालाइ उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।