१७ कार्तिक २०८३, मंगलबार

अधिकारका लागि संघर्ष अनिवार्य छ : अध्यक्ष दाहाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, १९ वैशाख । एककृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अधिकारका लागि संघर्ष गर्नुपर्ने जनाएका छन् । उनले आफ्नो पार्टीले मजदुरको अग्रदस्तोको भूमिका खेलिरहने बताएका छन् ।

१२७ औं मे दिवसको अवसरमा विज्ञप्ति जारी गर्ने क्रममा अध्यक्ष दाहालले संविधानका उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नुपर्ने जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संघर्ष र वलिदानका कीर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधान सभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ ।’

अध्यक्ष दाहालले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेको उल्लेख गर्दै संघर्ष र वलिदानका कारण आज नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएको जनाएका छन् ।