२५ कार्तिक २०८३, बुधबार

आन्दोलनको समीक्षा गर्न संघीय गठबन्धनको बैठक तिनकुनेमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshi-1काठमाडौं, १९ वैशाख । आन्दोलनको समीक्षा र तयारीका विषयमा छलफल गर्न संघीय गठबन्धनको केन्द्रीय सचिवालय बैठक बस्ने तयारी भएको छ ।

सचिवालयले सदस्य एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठकमा अहिलेसम्म भएको आन्दोलनको समीक्षा हुनेछ ।

साथै विभिन्न जिल्लामा हुन लागेका आमसभाको व्यवस्थापन र तयारीमा पनि कुराकानी हुन सक्ने महासचिव सुमनले बताउनुभयो ।

वैशाख १५ गतेदेखि संघीय गठबन्धनमार्फत मधेसी मोर्चाले आन्दोलन गर्दै आएको छ ।

गठबन्धनको आन्दोलनमार्फत जेठ दुई गते सिंहदरबार घेराउको कार्यक्रम पनि छ । सो कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन संघीय गठबन्धनको सचिवालयले तयारी गर्न लागेको हो ।