काठमाडौं, १९ वैशाख । संसदको अधिवेशन, नियमावलीलगायतका विषयमा सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गर्ने कार्यक्रम रहेको छ ।
संसद सचिवालय सिंहदरबारमा बिहान ११ बजे प्रमुख विपक्षी दल कांग्रेस र दुई सत्तारुढ दल एमाले र एमाओवादीका शीर्ष नेताहरूसँग सभामुख घर्तीले संसदको नियमावलीलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न लागेकी हुन् ।
छलफलमा संसद बैठक सुरु हुनु अगाडि संसदको नियमावली टुङ्गो लगाउने विषयमा सहमतिको प्रयास हुनेछ ।
यसअघि सभामुख घर्तीले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूसँग भेट गरी संसद नियमावलीलाई टुङ्गोमा पुगाउन आग्रह गरेकी थिइन् ।












प्रतिक्रिया