२५ कार्तिक २०८३, बुधबार

कनकमणिलाई जोगाउन अस्पताल अगाडि यसरी हुँदैछ एनजिओकर्मीको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanak & Rambaranकाठमाडौं, १९ वैशाख । अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि अटेर गरेर बसेका साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितको समर्थनमा ‘संयुक्त नागरिक समूह’को नाममा एनजिओकर्मीहरूले प्रदर्शनको तयारी गरेका छन् ।

आज साँझ साढे पाँच बजे वीर अस्पतालको मुल गेट अगाडि एनजिओकर्मीहरूले प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विरोध र दीक्षितको समर्थनमा प्रदर्शन गर्न लागेका हुन् । एनजिओ र आइएनजिओकर्मीले लोकमान सिंह कार्कीको त्रासदिपूर्ण व्यवहार विरुद्ध प्रदर्शन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा र त्रासदिपूर्ण मौनता विरुद्ध खबरदारी लोकतान्त्रिक शासन व्यवस्थाले दिएको वाक स्वतन्त्रता र विरोध गर्न पाउने हक प्रयोग गरेकै कारण अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रतिशोध साध्न राष्ट्रसेवक, राजनीतिक दलका प्रतिनिधि, कानुन व्यवसायी र पत्रकारहरूलाई दुःख दिने नियतले क्षेत्राधिकार मिचेर पत्र काट्ने तथा पक्राउ गर्ने गरेको सर्वविदितै छ’, संयुक्त नागरिक समाजले भनेको छ ।

‘जो कोहीमाथि गरिने प्रतिशोधपूर्ण गतिविधिको बिपक्षमा उभिनु नागरिकको दायित्व हो’, नागरिक समाजले भनेको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अहिले नबोले फेरि कहिले बोल्न नपाउने अवस्था आउन सक्छ ।’

बयानका लागि बोलाएपछि अटेर गरेर बसेका कनकमणि दीक्षितलाई अख्तियारले पक्राउ गरेको थियो । पक्राउ परेपछि बिरामी भएको बहानामा दीक्षित वीर अस्पतालको सुविधा सम्पन्न आइसीयूमा बसेर उपचार गाउनुका साथै भेटघाट गर्दै आएका छन् । उनको यो कार्यको चौतर्फी आलोचना हुँदै आएको छ ।