१७ कार्तिक २०८३, मंगलबार

एनआरएनएको आर्थिक स्थायित्व समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNA logoकाठमाडौं, १८ वैशाख । गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिको आर्थिक स्थायित्व समिति गठन गरिएको छ ।

समितिको अध्यक्षमा एनआरएनका कोषाध्यक्ष हिक्मत थापा, सहअध्यक्षमा गोबा कटुवाल (अस्ट्रेलिया), क्षेत्रीय संयोजकहरुमा आरके शर्मा (मध्यपूर्व), निरज श्रेष्ठ (अष्ट्रेलिया), डिल्ली भट्टराई (अमेरिका), बिदुर खनाल (अफ्रिका), बिजय मोक्तान (युरोप) र किशोर पन्त (एशिया) रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा भैरब ढकाल (अस्ट्रेलिया), धरम कुमार गुरुङ (हंगकंग), चिनियाँ दुवाल (बेल्जियम), राम लामा (अमेरिका), संजय चेतानी (चाइना), विश्वास पौडेल (नाइजेरिया), राजेन्द्र भट्टराई (जापान), बेदराज बस्नेत (अमेरिका), बिमल सुबेदी (कतार), जयकृष्ण ठाकुर (जर्मनी), ध्रुब भण्डारी (अस्ट्रेलिया), कृष्णजीबी पन्त (अमेरिका), निश्चल दाहाल (यूएई), चिन्तामणि उप्रेती (क्यानाडा), रन्जीत महतो (साइप्रस), खगेन्द्र राज ढकाल (थाइलेण्ड), शंकर खडका (अमेरिका), नारायण पासवान (साउदी अरब), शंकर डागी (जर्मनी), जेदु पोखरेल (अमेरिका), मिन मगर (घाना) र हेमन्त सेढाई (पोर्चुगल) रहेका छन् ।

समितिको सदस्य सचिबमा संघका कार्यकारी निर्देशक राजेश समशेर राना चयन भएका छन् । सल्लाहकार समितिमा राम थापा, भिम उदास, जुगल भुर्तेल, पुरुषोत्तम ढकाल र नरेन्द्र श्रेष्ठ रहेका छन् ।