
इलाम, १८ वैशाख । इलाममा नेपाल प्रहरीका एक जना सहायक निरीक्षकमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समालबुङ्ग–८ रमितेडाँडामा प्रहरी सहायक निरीक्षक इन्चनाथ प्रधानलाई खुकुरी प्रहार गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय कृष्णबहादुर बम्जनलाई खुकुरीसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी समालबुङ्गबाट डिउटीमा खटि गएका प्रहरी सहायक निरीक्षक इन्चनाथ प्रधानलाई बम्जनले खुकुरी प्रहार गर्दा उनको टाउको र खुट्टामा चोट लागेको छ ।
घाइते प्रधानलाई उपचारको लागि बिएण्डसी अस्पताल मिर्तामोड लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया