१७ कार्तिक २०८३, मंगलबार

गुल्मीका विभिन्न ठाउँमा भीषण आगलागी, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aago gulmi 5

– अनिल खत्री
गुल्मी, १८ वैशाख । गुल्मीको वडागाँउमा भिषण आगोलागी भएको छ ।

वडागाउँ गाविसको वडा नं. १ र २ दजाकोट र माज गाउँ भन्ने स्थानमा सिङ्गो गाउँमा शनिवार बिहानबाट लागेको आगोलागीबाट करिव ६५ भन्दा वढी घर जलेर नष्ट स्थानियले बताएका छन् । सोहि ठाउँमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडागाउँ वडा नं. १ निवासी ६५ वर्षका मेहरसिंह राकसकोटी रहेका छन् ।

उनको आगो निभाउँने क्रममा जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ । स्थानिय सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा पछील्लो जानकारी अनुसार ६५ भन्दा वढी घर जलेरनष्ट भएको स्थानिय बिमल छन्तेलले बताए । आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ ।

यस्तै जिल्लाकै पूर्वि भेग थानपति वडा नं. ६ र ७ मा लागेको आगोले जलेर १५ वटा भन्दा वढी घर र १ दर्जन भन्दा वढी गोठ जलेर नष्ट भएको स्थानिय दामोदर पोखरेलले बताए । उनका अनुसार नजिकै रहेको वनबाट फैलिएको आगो हावा हुरीका कारण वस्ती सम्म आई पुगेको हो । आगलागीका कारण तम्घास वुटवल सड्क खण्ड केहि वेर बन्द गरिएको थियो ।

प्रहरी प्रशासन र स्थानिय जनताले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेता पनि हावा हुरीका कारण आगो नियन्त्रण भन्दा वाहीर गएको बताइएको छ । पानीको अभावका कारण आगो निभाउने काममा लागि परेका उद्धारकर्मीलाई समेत समस्या भईरहेको जानकारी आएको छ । स्थानिय बिमल छन्तेलका अनुसार आगो वस्तीमा पसेकोले अन्दाजी ४५ घर जलेको बताए । उनका अनुसार दर्जनौ बस्तु चौपायहरु मरेको भनाई छ ।

आगलागीका कारण समग्र गुल्मी जिल्ला धुवाँ मय भएको छ । आगलागीले घर जले सगै स्थानियहरु खुल्लाठाउँमा बस्न बाध्य भएका छन् । उनिहरुलाई खाद्यान्न सगै पिउँने पानीको समेत समस्या परेको स्थानियले बताएका छन् । सिङ्गो गाउँमा आगलागी हुँदा गाउ वासीमा रुवावाँसी र चिन्तित बनेका छन् । जिल्लाका दुई वटा गाउँमा आगोले भिषण रुप लिदा जिल्ला वासी नै चिन्तीत बनेका छन् ।

आगोलागीको क्षतीबारे बिस्तृत जानकारी आउन बाँकी छ । आगो बस्तीमा पुगे सगै जिल्ला रेडक्रसको टोली उद्धार सामाग्री लिएर घटना स्थल तर्फ पुगेको छ । टोलीले खाध्यन्न, लत्ता कपडा,पानी औषधी लगायतका अत्यावश्यक राहत सामाग्रीहरु बितरण गरेको जिल्ला रेडक्रस गुल्मीका राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । यता सदरमुकाम तम्घास नजिकै भाडगाउँको बेहोरे भन्ने स्थानमा लागेको आगोले १ दर्जन भन्दा वढी घर जोखिममा रहेको स्थानियले बताएका छन् ।

स्थानियका अनुसार आगो नियन्त्रण गर्ने प्रयास जारी रहेकाता पनि हावा हुरीका कारण नियन्त्रणमा लिन कठिन भएको बताएका छन् । शुक्रवार गुल्मीको जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा शुक्रवार बिहान देखि लागेको लागेको आगो निभाउँने क्रममा दोहोली ५ का ६२ वर्षका तुल्सीलामा गुरुङ्ग र दोहोली वडा नं. ६ का लोक बहादुर गुरुङ्गको मृत्यु भएको थियो ।

गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार ५ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो ।