काठमाडौं, १८ वैशाख । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति क्षत्रीले शनिबार त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार भ्रमणका क्रममा प्रधान सेनापति क्षत्रीले युनाइटेड स्टेट डिपार्टमेन्ट अफ डिफेन्सको मुख्यालयस्थित पेन्टागनको निरीक्षण गरेका छन् ।

त्यसक्रममा उनले यूस आर्मीका भाईस चीफ अफ स्टाफ जनरल डेनियल बी अल्यान, साउथ एण्ड सेन्ट्रल एसियाका असिस्टेन्ट सेक्रेटरी अफ स्टेट मिस निशा देशाई विश्वाल तथा अन्य उच्चपदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय आपसी हित एवं सुरक्षा सरोकारका विषयहरुमा छलफल समेत गरेका हुन् ।
यसैगरी प्रधानसेनापति क्षेत्रीले अर्लिङटन नेशनल सिमिन्टेरी मा ओरीथ लेइङ (माल्यापर्ण) गरेका थिए ।













प्रतिक्रिया