झापा, १८ वैशाख । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेलले सरकारको विकल्प खोज्नेहरु राष्ट्रघाति हुने टिप्पणी गरेका छन् ।
युवा संघ नगर समितिले गर्ने प्रशिक्षणका लागि झापाको दमक आई पुगेका उनले शनिबार पत्रकारहरुसँगको भेटमा इतिहासमै सबैभन्दा बढी राष्ट्रवादी सरकार अहिलेको रहेको भन्दै उनले यसको विकल्प खोज्ने कदम राष्ट्रघाति हुने बताए ।
सरकारलाई असफल पार्नका लागि देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भईरहेको भन्दै उनले उनीहरु आफँै निश्तेज हुने पनि बताए । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले प्रभावित जिल्लाहरुमा ईन्जिनियर समेत खटाएकाले अब कामले तिव्रता पाउने आशा व्यक्त गरे । सरकारद्वारा खटिएका ईन्जिनियर र कर्मचारीहरुका साथमा युवा संघले स्वयम्सेवक समेत खटाउने उनको भनाई छ ।
पत्रकार भेटघाटमा युवा संघका नगर अध्यक्ष राम पौडेलले युवाहरुलाई सिर्जनशिल क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले प्रतिशक्षण आयोजना गरिएको बताए ।












प्रतिक्रिया