१८ कार्तिक २०८३, बुधबार

कालोमोसो दल्ने प्रकाश अधिकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-adhikari-358x300

काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रन्तिकारीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला शिक्षा कार्यालय काठमाडौं प्रमुख शंकरबहादुर गौतमलाई कालोमोसो दलेको अभियोगमा प्रहरीले अधिकारीलाई शुक्रबार स्वयम्भुबाट पक्राउ गरेको हो ।

अधिकारीसहितको समूहले वैशाख १५ गते काठमाडौंका जिल्ला शिक्षा अधिकारी गौतमलाई उनकै कार्यक्षमा पुगेर कालोमोसो दलेको आरोप छ ।