१७ कार्तिक २०८३, मंगलबार

हिलपार्कमा नृत्य व्यायाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hilpark maa morning walk– विकाश पराजुली

बुटवल, १८ वैशाख । बिहानको झिसमिसेमा आएका एक हुल मानिसहरु बुटवलको हिलपार्कमा तल माथी गरिरहेका छन् ।

शरीरलाई खुम्चाउँदै तन्काउँदै हातलाई तलमाथि गराउँदै ओहोर दोहोर गरिरहेको त्यो हुल विस्तारै बढ्दै जान्छ । एकपछि अर्को गर्दै छिन भरमा सयौको संख्यामा मानिसहरु जम्मा हुन्छन् । युवा युवति मात्र होइन पाका पुस्ताहरु पनि त्यो भिड्मा छन् ।

जम्मा भएको त्यो हुल शरीरलाई तन्काउँदै संगितमा झुम्न थाल्छ उनी बझ्न सुरु गर्छ–

दशै… र बजे आउँ है त माया
हा….हो मै बाटोमै पर्खियौला
दिनरभरि स्याङजाको बजार, हा….हो साँझमा घर फर्कैला
मायामा झुमौला, दिनभरि घुमौला, हा….हो साँझमा घर फर्कलौ
माया भुल्ने के होला दवै, दबै पाए खाइदिन्थे नचवाई

एक दिन होइन, दुई दिन होइन दैनिकी बुटवलको हिलपार्क बिहानको समय यसरी व्यस्त भइदिन्छ । यो क्रम झिसमिसेको ४ बजे देखि बिहानको ८ बजेसम्म रहन्छ ।

दिनभरको कार्य व्यस्ततामा रहने व्यापारी, विद्यार्थी, उद्योगी, डाक्टर एवं राजनीतिक दलका स्थानीय नेताहरु बिहानको समयमा मडिन वाक गर्न बुटवलको हिलपार्क, सिद्धबाबा क्षेत्रमा यसैगरी दैनिक रुपमा आउने गर्दछन् ।

शारीरिक तन्दुरस्त मात्र होइन बिहानको हिडाईका कारण विभिन्न रोगहरुको समेत उपचार निदान हुने भएकाले पनि बुटवल क्षेत्रका प्रतिष्ठित उद्योग व्यवसायी एवं राजनीतिक दलका नेताहरु बिहान मडिन वाक गर्ने गर्दछन् ।

बिहान मडिङ वाक गर्नेहरुको जमात बुटवलको हिलपार्कसँगै माथिल्लो सिद्धबाबा, तल्लो सिद्धबाबा, बनबाटिका क्षेत्रमा पनि ठूलो छ ।

विशेषतः हिलपार्कमा संगीतमानै झुमेर नाच्दै मनोरञ्जन लिन पाइने भएकाले पनि मडिङ वाक गर्नेहरु अन्य स्थानको तुलनामा हिलपार्कमा बढि नै हुने गर्दछन् । बिहानमा मन्दिर दर्शन गर्ने र मडिङ वाक हुने भएकाले तल्लो र उपल्लो सिद्धबाबामा मडिङ वाक गर्न जाने गर्दछन् ।

शारीरलाई शारीरिक तन्दुरुस्त राख्नलाई शारीरिक व्यामको आवश्यक पर्ने भएकाले पनि मर्निङ वाक गर्न मानिसहरु आउने गर्दछन् ।

बुटवलमा २८ वर्षदेखि व्यवसाय गर्दै आएका बावुराम भट्टाराई शरीरलाई फिट राख्नका लागि मडिङ वाक आउने गरेको बताउँछन् ।

“मलाई बिमार त्यस्तो त केही छैन्, हिडडुल गर्दा शारीरिक व्याम हुने भएकाले दैनिक आउने गरेको छु” नेपाल औषधि व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका उनले भने ।